७ कार्तिक २०८३, शनिबार

मानिसलाई आक्रमण गरेपछि दोलखामा राँगोलाई गोली हानी मारियो

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । दोलखामा राँगोलाई गोली हानेर मारिएको छ ।

भीमेश्वर नगरपालिका–५, पुछारमाटीमा राँगोले मान्छेलाई आक्रमण गर्न थालेपछि गोली हानी मारिएको हो ।

स्थानीय भगवान बस्नेतको घरमा पालिएको राँगो फुकेर उनकी श्रीमती ६० वर्षीया सावित्रामाथि आक्रमण गरेर घाइते बनाएको थियो । राँगोलाई नियन्त्रणमा लिने प्रयास भएपनि सम्भव नभएपछि गोली हानिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले राँगो माथि ३०३ राइफलबाट एक राउन्ड गोली हानिएको जानकारी दिइएको छ । राँगोको आक्रमणबाट घाइते भएकी सावित्राको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।