
काठमाडौं, ९ असोज । काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले राष्ट्रिय सभागृह अगाडी उभिएर विरोध गरिरहेका अभियन्ता ईः लाई भेट गरेकी छन् ।
मंगलबार बिहान उपप्रमुख डंगोलले अभियन्तालाई भेटेर सडक व्यवसायीका लागि वैकल्पिक व्यवस्था गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताइन् ।
अभियन्ता ईः सहितका अभियन्ताहरुले गत मंगलबारदेखि नगर प्रमुख बालेन शाहले चुनाव अघि गरेको प्रतिवद्धता विपरित सडक व्यवसायीमाथि ज्यादति गरेको भन्दै उभिएर विरोध गरिरहेका छन् ।











प्रतिक्रिया