२७ कार्तिक २०८३, शुक्रबार

एमाले बागमती प्रथम अधिवेशनको बन्दसत्र सुरु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशनको बन्दसत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ ।

बिहान ७ः३० बजेबाट सुरु हुने भनिएको बन्दसत्र साँढे २ घण्टा ढिला सुरु भएको हो । बन्दसत्रमा राजनीतिक, सांगठनिक प्रतिवेदन प्रस्तुत गरिने एमाले बागमतीले जनाएको छ ।

अधिवेशनमा प्रदेशभरबाट एक हजार १३८ जना प्रतिनिधि सहभागि रहेका छन् ।

अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित दुई सय ४० सदस्यीय कमिटी निर्वाचित गर्नेछ ।

नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास भइरहेको बताइएको छ । बन्दसत्र समाप्त भएपछि आजै निर्वाचनको कार्यक्रम सुरू हुने बताइएको छ ।