२७ कार्तिक २०८३, शुक्रबार

दाङमा बस दुर्घटना हुँदा २५ बढी यात्रु घाइते

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ९ असोज । पुर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका-९ शिवखोलामा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख०३६२ नम्बरको यात्रुबाहक बस आज बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा २५ जना भन्दा बढी यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ । बसमा ४५ जना यात्रु सवार थिए ।

घाइतेहरुको उद्दार गरेर उपचारको लागि पठाउने काम भइरहेको छ । गम्भीर घाइतेहरुलाई उपचारको लागि लमही अस्पताल लगिएको छ । दुर्घटनाको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ ।