– विजय थापा
वाशिंगटन डिसी । गैर आवासीय नेपाली संघ नाइजेरियाको लेगोसमा सम्पन्न छैठो बार्षिक साधारण सभाले सन् २०१५÷२०१७ का लागि नयाँ राष्ट्रिय कार्य समिति गठन गर्दै बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभामा एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक हिक्मत थापाले राष्ट्रिय समन्वय समिति नाइजेरियाले अफ्रीका महादेशमै अग्रणी रुपमा नेपाल र नेपालीका लागि आफ्नो अभियान संचालन गरेकोमा खुशी ब्यक्त गर्दै थोरै संख्यामा नेपाली रहेको अफ्रीका महादेशमा एनआरएन नेपालीहरुका लागि साझा र भरपर्दो संजालको रुपमा स्थापना हुन् पुगेको मन्तब्य राख्नुभयो ।
यसैगरि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य संजीव क्षेत्रिले मातृभूमिलाई अप्ठ्यारो परेको बेला संस्थाले परदेशबाट सधै आफु सक्दो योगदान गर्न पाएकोमा खुशी ब्यक्त गर्नु भयो । उक्त साधारण सभालाई शुभकामना संदेश पठाउदै नेपाली राजदुतावास इजिप्टका कार्यबाहक राजदूत कौशल कुमार रायले एनआरएनए अफ्रिकाले हालसालै नेपालका भूकम्प पीडित स्वजनलाई पठाएको राहत सहयोगको प्रशंसा गर्दै अफ्रिकामा एनआरएनए नेपालीहरुको अप्ठ्यारोको भरोसाको केन्द्र बनेको छ भन्नुभयो ।
एनआरएनए नाइजेरियाका अध्यक्ष चिरन्जिबी रोकाको सभापतित्वमा सम्पन्न कार्यक्रमले सन् २०१४ को नेपाल परियोजना धरान स्थित सत्य साई बिद्यालय र यस बर्षका सहयोग परियोजनाहरु भूकम्प पीडित क्षेत्र सिन्धुपाल्चोक, रसुवा र काठमाडौँमा संचालन गर्ने निर्णय गरेको थियो ।
यसै गरि एनआरएनए नाइजेरियाले हालसम्म ३० हजार अमेरिकन डलर नेपालका भूकम्प पीडित लाई एनआरएनए राहत कोष मार्फत काठमाडौँ पठाई सकेको छ ।
सम्पन्न भएको साधारण सभाले सन् २०१५/२०१७ का लागि दिपक कर्णको अधक्ष्यतामा नयाँ कार्य समिति गठन गरेको छ भने उपाध्यक्ष्ँहरुमा निरन मानन्धर, जनक बिष्ट, कान्छा तामाङ निर्वाचित भएका छन् । यसै गरी महासचिबमा सन्तोष उदास तथा सचिबहरुमा प्रकाश अर्याल, रोशन थापा तथा इन्द्र टन्डन निर्वाचित भएका छन् ।
यसैगरी कोषाध्यक्षमा बिरेन्द्र गुप्ता, प्रवक्तामा रोहित भान्गर, युवा संयोजकमा प्रमोद खड्का तथा महिला संयोजकमा मोनिका लोकेश निर्वाचित भएका छन् ।
यसै गरि सदस्यहरुमा रोहित शर्मा, कुलदिप पण्डित, गंगासागर श्रेष्ठ, खेम कुँवर, दिपेन्द्र यादव, प्रेम क्षेत्री, राधा राना, मनिष दास, उपेन्द्र राय र उत्तम पौडेल निर्वाचित भएका छन् ।
त्यसैगरी संरक्षक परिषदको प्रमुख संरक्षकमा हिक्मत थापालाई मनोनित गरिएको छ भने अन्य संरक्षकमा संजीव क्षेत्री, बिदुर घिमिरे, चिरन्जिबी रोक्का तथा बाबु शर्मा मनोनित भएका छन् ।
















प्रतिक्रिया