२९ आश्विन २०८३, बिहिबार

एमालेको गण्डकी प्रदेश अध्यक्ष बन्न मायानाथ बने लमजुङमा निर्विरोध

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ८ असोज । नेकपा एमालेका केन्द्रीय सदस्य मायानाथ अधिकारी लमजुङको दोर्दी गाउँपालिकाबाट निर्विरोध प्रदेश प्रतिनिधि चयन भएका छन् ।

गण्डकी प्रदेशबाट केन्द्रीय कमिटीमा रहेकाहरूमध्ये सिनियर रहेका अधिकारी गण्डकी प्रदेशको आसन्न अधिवेशनका लागि प्रतिनिधि चयन भएका हुन् ।

भूमिगत कालमा तत्कालीन मालेबाट राजनीतिक यात्रा सुरू गरेका अधिकारीले यसअघि सिन्धुपाल्चोक र काभ्रेको पार्टी प्रमुख भएर काम गरेका थिए । त्यसपछि लमजुङको पार्टी काममा जोडिएका उनी तीन कार्यकाल जिल्लाको पार्टी प्रमुख भएर काम गरिसकेका छन् ।

यस्तै, तत्कालीन गण्डकी अञ्चलको पार्टी प्रमुख र ईञ्चार्ज भएर पनि काम गरिसकेको अनुभव अधिकारीसँग छ । गण्डकी प्रदेशको सहइञ्चार्ज तथा संगठन विभागका प्रमुख बनेर काम गरिसकेका उनी अहिले गण्डकी प्रदेश स्कुलका संयोजक छन् ।

सबैलाई मिलाएर अघि बढ्न सक्ने क्षमता भएका अधिकारी अत्यन्तै नरम स्वाभावका नेताका रूपमा चिनिन्छिन् । गण्डकीका केन्द्रीय सदस्यहरूको आग्रहमा प्रदेश अध्यक्षको उम्मेदवार हुन लागेकाले सर्वसम्मत अध्यक्ष निर्वाचित हुने अधिकारीको विश्वास छ ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ गण्डकीको मुख्यमन्त्री भएका बेला अधिकारी प्रमुख सचेतक थिए ।

यही असोज १५ र १६ गते पोखरामा हुने अधिवेशनको उद्घाटन अमरसिंह चौरमा र बन्दसत्र पोखरा सभागृहमा हुने एमाले गण्डकीले जनाएको छ ।