७ कार्तिक २०८३, शनिबार

उपप्राध्यापक प्रेम चलाउनेको मुद्दाको सुनुवाइ सुरू, पहिलो दिन हेर्दा हेर्दैमा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको मुद्दाको सुनुवाई बल्ल सुरू भएको छ ।

चलाउनेमाथि सांघातिक आक्रमण गर्नेविरूद्वको मुद्दाको सुनुवाई बल्ल सुरू भएको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उत्तम सिलुवालको इजलासमा पहिलो दिन भएको सुनुवाई हेर्दा हेर्दैमा राखिएको छ । भोलि पनि सुनुवाई हुनेछ ।

चलाउनेमाथि ०७७ असोज २० गते नेविसंघका योगेन्द्र रावल, दीपकराज ओझा, हरिप्रसाद आचार्य, रूपेश साह, रविनकुमार लामा लगायतले आक्रमण गरेका थिए ।

सरकारले यसअघि आक्रमण गर्नेहरूविरूद्वको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । तर सर्वोच्च अदालतले उनीहरूविरूद्वको मुद्दा यथाशीघ्र टुंगो लगाउन गत ९ साउनमा जिल्ला अदालतलाई आदेश दिएको थियो ।