१ कार्तिक २०८३, शनिबार

मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । नेपाल साफ यू–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार भएको खेलमा माल्दिभ्सलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको समुह ए को अन्तिम खेलमा मालदिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै घरेलु टोलीले अन्तिम चारमा स्थान बनाएको हो।

योसँगै समूह ए बाट पाकिस्तान समूह विजेता र नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन्। अब सेमिफाइनलमा नेपालले भारत र भुटानबीच एक टोलीसँग खेल्नेछ।

आजै हुने समूह बीको अन्तिम खेलमा भारत र भुटान भिड्दैछन्।