
जनकपुरधाम, ८ असोज । राष्ट्रपति रामचन्द्र पौडेल जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम आइपुगेका छन् ।
नागरिकता विधेयक प्रमाणीकरण भएपछि जानकी मन्दिर दर्शन गर्न आउने यसअघिको राष्ट्रपति पौडेलको कार्यक्रम स्थगित भएकोले सोही कार्यक्रमलाई निरन्तरता दिँदै सोमबार बिहान जनकपुरधाम आएका हुन् ।
राष्ट्रपति पौडेलले जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन गरिने कार्यक्रम समेत रहेको छ ।
पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिकाले नागरिक अभिनन्दन कार्यक्रमको आयोजना गरेको छ ।











प्रतिक्रिया