२९ आश्विन २०८३, बिहिबार

ग्लोबल आईएमई बैंक बन्यो अन्तरबैंक महिला फुटसल २०८० को बिजेता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काडमाढौं, ७ असोज । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८० को महिला तर्फको उपाधि ग्लोबल आईएमई बैंकले जितेको छ ।

संविधान दिवसको अवसरमा आयोजना गरिएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८० मा महिलातर्फ २० वटा बैंक तथा वित्तीय संस्थाहरू सहभागी भएका थिए भने प्रतियोगितामा पुरुष र महिलातर्फ खेल भएको थियो ।

प्रतियोगितामा महिलातर्फको बिजेता हुनाका साथै सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकको उपाधिसमेत जितेको छ । फाइनल खेलमा ग्लोबल आईएमई बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई २–१ ले हराएको हो । प्रतियोगिताभरि ग्लोबल आईएमई बैंकले आफ्नो सम्पूर्ण खेलहरूमा सहज जित निकालेको थियो ।

त्यस्तै, सर्वाधिक गोलकर्ताको उपाधि ग्लोबल आईएमई बैंकका चन्द्रिका भट्टले हात पारेकी छिन । उनले ७ गोल गरी सर्वाधिक गोलकर्ताको उपाधि पनि जितिन् । साथै, बैंकका तर्फबाट गोल रक्षक केष माया गुरुङ्गले सबै खेलहरूमा उत्कृष्ट बचाउ गर्नाका साथै फाइनल खेलमा आफ्नो टीमको तर्फबाट पेनाल्टी हाल्ने अवसरलाई गोलमा परिणत गरी टीमलाई बिजेता बनाउन महत्वपूर्ण भूमिका खेलिन् ।

बिजेता ग्लोबल आईएमई बैंकको तर्फबाट टीम कप्तान चन्द्रिका भट्टको नेतृवमा लुनिभा भुजु, पुष्पा कोईराला, शुभेक्षा बिडारी, राम कुमारी लिम्बु, केष माया गुरुङ्ग र शोभा न्यौपाने सहभागि भएका थिए ।

टीम व्यवस्थापकको भूमिकामा गुञ्जिता शर्मा र प्रशिक्षकमा सागरबहादुर सिंहको सहभागिता थियो । टीम प्रशिक्षक सिंहले उक्त प्रतियोगितामा आफ्नो टीमलाई विजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।