१६ कार्तिक २०८३, सोमबार

राष्ट्रिय सरकार किन बनाउने ? यसो भन्छन् ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli Briefs Media

काठमाडौँ, २० जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्पले निम्ताएको राष्ट्रिय सङ्कट समाधान गर्न सबै राजनीतिक दल एकजुट भई राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा एमाले काठमाडौँ क्षेत्र नं ७ सम्पर्क समन्वय कमिटीले बोहराटारस्थित टौडोलमा निर्माण गरेका अस्थायी घरटहरा हस्तान्तरण कार्यक्रम तथा स्वयंसेवाको अनुगमनका क्रममा उहाँले दलहरुबीच सहमति कायम नहुँदा आठ वर्षदेखि संविधान निर्माण हुन नसकेको अवस्थामा विधि पुर्‍याएर चाँडो भन्दा चाँडो संविधान जारी गर्ने प्रयत्न भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो-‘राष्ट्रिय सरकार नै पुनर्स्थापना र पुनर्निर्माणको विकल्प हो, साथसाथै संविधान निमाृण प्रक्रियालाई पनि अगाडी बढाउनुपर्छ ।’ राष्ट्रिय सरकारको नेतृत्व कसले लिन्छ भन्ने प्रसंगमा उहाँले दलहरुबीचको सहमतिकै आधारमा नेतृत्व हस्तान्तरण हुने विश्वास गर्नुभयो ।