२९ आश्विन २०८३, बिहिबार

एमाले र नेपाली सेना कमजोर पार्ने शक्ति नेपालमा क्रियाशील छ : शंकर पोखरेल (भिडिओ)

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । नेकपा एमालेका महासचिव एवम् लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले नेपालमा भएका दुईवटा बलिया शक्ति नेकपा एमाले र नेपाली सेनालाई कजोर पार्न विभिन्न तत्वहरू नेपालमा क्रियाशील रहेको बताएका छन् ।

एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले बलिया शक्ति एमाले र नेपाली सेनालाई कमजोर पारेर नेपाललाई पकेट बनाउन सकिन्छ कि भन्ने मानसिकताबाट त्यस्ता तत्व क्रियाशील रहेको बताएका हुन् । तर, जस्तोसुकै तत्व र शक्ति लागे पनि एमालेले आफ्नो पार्टी र नेपाली सेनालाई कहिल्यै कमजोर हुन नदिने विश्वास व्यक्त गरेका छन् ।

नेपालको स्वाधीनता, राष्ट्रियता र सार्वभौमसत्ता रक्षाका लागि नेपाली सेना र एमाले दुबै शक्ति बलियो हुन जरुरी रहेको उनको भनाइ थियो ।

यस्तै, उनले मुलुकको विद्यमान व्यवस्था जोगाउन जनमत अनुसार नेकपा एमाले र नेपाली कांग्रेसबीच सहकार्य हुनु जरुरी रहेको पनि बताएका छन् ।

हेर्नुहोस् भिडिओ–