
महोत्तरी, ७ असोज । महोत्तरीमा एक दम्पतीको साथबाट ६ लाख बढी रकम लुटिएको छ ।
गौशाला नगरपालिका-११ भरतपुरका शम्भु महतो र उनकी श्रीमतीले बैंकबाट निकालेर घर लैजाँदै गरेको ६ लाख ३६ हजार रकम अज्ञात व्यक्तिले लुटेका हुन् ।
ज्वाईँले ओखलढुंगाबाट पठाएको रकम निकालेर घर जाँदै गर्दा मोटरसाइकलमा आएका एक युवकले रकम लुटेर फरार भएका हुन् ।
लुटेराको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया