७ कार्तिक २०८३, शनिबार

सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा काँग्रेस केन्द्रीय सदस्यहरूको जोड

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

पार्टी कार्यालय सानेपामा केही दिनदेखि जारी केन्द्रीय समिति बैठकमा धारणा राख्ने सदस्यहरुले पार्टीकातर्फबाट सरकारमा सहभागी भएर मात्रै नपुग्ने भन्दै सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

साथै उनीहरुले सरकारलाई जनमुखी र प्रभावकारी बनाउनका लागि प्रधानमन्त्रीलाई समेत आग्रह गर्नुपर्ने धारणा राखेका थिए । आइतबार सम्पन्न बैठकपछि प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले केन्द्रीय सदस्यहरुले जनतालाई प्रत्यक्ष महशुस हुने गरी सरकारको कामलाई प्रभावकारी बनाउनुपर्ने धारणा आएको जानकारी दिए ।

उनले निश्चित उदेश्यका साथ बनाइएको गठबन्धनलाई निरन्तर अघि बढाउनुपर्ने धारणा कांग्रेसको रहेको बताए । सरकारले गरेको ठिक कामलाई जनतामाझ पुर्‍याउनुपर्ने र सरकारको कमीकमजोरीका बारेमा औँल्याउन सकिने उनको भनाइ छ । विश्वकर्माले अहिले गठबन्धनको सरकार भएकाले प्रधानमन्त्रीले सन्तुलित ढंगले लैजानुपर्ने र सन्तुलन गर्न नसके समस्या पर्ने जिकिर गरे ।

सरकार ढल्ने र नढल्ने बिषय सरकारको कामकारवाहीमा भर पर्ने भएपनि सरकार परिवर्तनमा कांग्रेसले फर्केर नहेरेको उनको भनाइ छ । त्यस्तै केन्द्रीय समिति बैठकमा महासमिति बैठकको प्रभावकारीता, पार्टी कार्यक्रमको समिक्षाका साथै समसामायिक बिषयमा धारणा राखेको विश्वकर्माले जानकारी दिए ।

केन्द्रिय कार्यसमिति बैठक सोमबार ११ बजे पुन: बस्ने कांग्रेसले जनाएको छ ।