७ कार्तिक २०८३, शनिबार

सन्दीप भोलि चीन जाँदै

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । क्रिकेटर सन्दीप लामिछाने भोलि चीन जाने भएका छन् ।

सन्दीप १९औं एसियन गेम्सका लागि सोमबार एक्लै चीन जाने भएका हुन् । सन्दीप बाहेकको टीम भने आज चीन प्रस्थान गरेको छ ।

काठमाडौं जिल्ला अदालतमा सन्दीपविरूद्वको मुद्दाको पेशी आज तोकिएकाले उनी टीमसँग जान नपाएका हुन् । आजको सुनुवाई पनि स्थगित भएपछि उनी भोलि चीन जाने पक्का भएको हो ।

एसियाडमा नेपाली टोलीले बुधबार मंगोलियासँग खेल्दैछ।