२७ कार्तिक २०८३, शुक्रबार

राहत शिक्षकहरूको आन्दोलन आज पनि

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । राहतका शिक्षकहरुको आन्दोलन आज पनि हुने भएको छ । सरकारसँग शुक्रबार साँझ गरेको सहमतिप्रति असन्तुष्ट राहतका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने भएको हो ।

शुक्रबार सरकारसँग नेपाल शिक्षक महासंघलगायतले गरेको सहमतिप्रति राहतका शिक्षकहरुले भने असहमति प्रकट गरेका छन् । अन्य संगठनका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन गरेर घर फर्के पनि राहतका शिक्षकहरु भने आन्दोलनमा नै रहेका छन् ।  शिक्षक महासंघले धोका दिएको राहत शिक्षकहरूको आरोप छ ।

राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरूले हिजो शनिबार पनि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।

माग पुरा नभएसम्म आन्दोलन जारी रहने नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताएका छन् ।