२७ कार्तिक २०८३, शुक्रबार

जबर्जस्ती करणी गरी फरार एकजना पक्राउ

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, ७ असोज । निजगढ नगरपालिका-१२ रतनपुरमा बोल्न नसक्ने बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले ६० वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा निजगढ नगरपालिका १२ बस्ने राना साइँला भन्ने सोमबहादुर लुम्बा रहेका छन् ।

बोल्न र हिड्न समेत नसक्ने ११ वर्षीया बलिकालाई जबर्जस्ती गरेको आरोपमा प्रहरीले लुम्बालाई पक्राउ गरेको हो । आमा घर बाहिर काम गर्न गएको अवस्थामा अपाङ्ग बालिकालाई जबर्जस्ती करणी गरी फरार बनेका रानालाई उनकै भिनाजुको घरमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार साँझ घटनाको सूचना प्राप्त हुनासाथ रतनपुर पोस्ट र ईलाका प्रहरी निजगढबाट खटेको टोलीले रगत बगेको अवस्थामा बालिकाको उद्धार गरी उपचारको लागी प्रादेशिक अस्पताल कलैया बारा पठाइएकोमा थप उपचारको लागी नारायणी अस्पताल विरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

शनिबार पक्राउ परेका रानालाई नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।