
काठमाडौं, ६ असोज । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिलेको संविधानले जनताको चाहना पूरा गर्न नसक्ने भएकाले पूर्णता दिनुपर्ने बताएका छन् ।
आज शनिबार काठमाडौंमा जनअधिकार अभियान नेपालको आठौं साधारणसभामा बोल्दै विप्लवले अहिलेको संविधान अपूर्ण रहेकाले जनताको चाहना पुरा गर्न नसक्ने भन्दै यसलाई पूर्णता दिनुपर्ने बताएका हुन् ।
संविधानले परिवर्तन र विकासको माग गरेको र जनताको प्रतिविम्बित गर्नेगरी पूर्णता दिन कानूनविद् र अधिकारकर्मीले पनि आवाज उठाउनुपर्ने उनले बताए ।
कुर्ची र पदको सुविधा नभइ नेपाली जनताले चाहेको कानुन बनाउनुपर्ने र त्यसो हुन नसके संविधान कागजको खोष्टो मात्रै हुने भनाइ उनको छ ।













प्रतिक्रिया