२९ आश्विन २०८३, बिहिबार

एनआईसी एशिया बैङ्कको २६औँ वार्षिक साधारण सभा दसैँअघि नै, के–के छन् एजेण्डा ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । एनआईसी एशिया बैंकले दसैँअघि २६औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ ।

बैंकले यही असोज २८ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा साधारण सभा गर्ने निर्णय गरेको छ । साधारण सभा बिहान ९ बजेबाट सुरू हुने छ ।

साधारण सभामा गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरूउपर छलफल गरी स्वीकृत गर्नेलगायतका सामान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची रहेको छ ।

साथै, गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैङ्कको चुक्ता पुँजीको २९ प्रतिशत बोनस शेयर (रू. ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६) र १.५२६३ प्रतिशत नगद लाभांश (रू. १७ करोड ६५ लाख ३ हजार २ सय ४०) लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने, बैङ्कको प्रबन्ध पत्र र नियमावलीमा समसामयिक संशोधन/थप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची समावेश गरिएको छ ।

बैङ्कले मुलुकभर ३६० वटा शाखा कार्यालय, ६१३ वटा एटीएम, १०९ वटा विस्तारित काउन्टर एवम् ६१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।