१६ कार्तिक २०८३, सोमबार

नेपालमा फेरि भूकम्पको धक्का

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampaकाठमाडौं, २० जेठ । विनाशकारी भूकम्प गएको ३८ दिनपछि नेपालमा फेरि भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज विहानै सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का काठमाडौं लगायत आसपासका क्षेत्रमा महसुस गरिएको हो ।

विहान २ बजेर ४५ मिनेटमा गएको भूकम्पको धक्का ४ दशमलब १ रेक्टर स्केलको हो । पछिल्लो समय भूकम्प आउने क्रम घटिरहेको केन्द्रले जनाएको छ । यसअघि हिजो विहान १० बजेर ४८ मिनेटमा दोलखा केन्द्रविन्दु भएर धक्का महसुस भएको थियो ।