
काठमाडौं ६ असोज । नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य कुलानन्द गिरी र सानुमाया मगर नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनीहरूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरे ।
पार्टी प्रवेशका लागि नेताद्वय गिरी र मगर आज बालकोटस्थित अध्यक्ष ओलीको निवासमा पुगेका थिए ।













प्रतिक्रिया