२७ कार्तिक २०८३, शुक्रबार

‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा यथार्थमा बदल्न महिला र पुरुष एकजुट हुनुपर्छः सुनिता डंगोल

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महिला र पुरुष एकजुट भएर अघि बढेमात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना यथार्थमा परिणत हुने बताएकी छन् ।

शुक्रबार अखिल नेपाल महिला संघ काठमाडौं महानगरपालिका कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले एमालेले परिकल्पना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई यथार्थमा परिणत गर्न महिला र पुरुष एकजुट भएर अघि बढ्नुपर्ने बताएकी हुन् । उनले महिला अघि बढ्नु भनेको पुरुषलाई पछाडि पार्नु नभएको भन्दै एकै रथको दुई पांग्रा भएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

उपप्रमुख डंगोलले पार्टीलाई सुदृढ बनाउने हो भने सक्षम युवाहरुलाई राजनीतिमा अघि सार्नुपर्ने बताइन् । उनले पार्टीका हरेक संगठनहरुमा युवाहरुलाई तयार पार्दै लैजानुपर्ने बताइन् । उनले राजनीतिमा आउने युवाहरुले पेशालाई पनि सँगसँगै जोड्दै लैजानुपर्ने बताइन् । उपप्रमुख डंगोलले पार्टीको महत्व झल्काउने काम गर्न डटेर लाग्नुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरिन् ।

उनले भनिन् ‘समृद्ध नेपाल सुखी नेपालीको नारा तब यथार्थमा बदल्छ जब महिला र पुरुष सँगसँगै एकजुट भएर अघि बढ्छ । महिला अघि बढ्नु भनेको पुरुषलाई पछाडी पार्नु कदापी होइन । महिला र पुरुष सँगसँगै एकै रथको दुई पांग्राको हिसाबले हामी अघि बढ्न सक्यौँ, एकअर्कालाई साथ दिनसक्यौँ भने बल्ल हामीले सोचेको समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना यथार्थ हुनसक्छ । र हामी सबैले भन्दै आएको मिशन ८४ मा हामीले एकजुट भएर लाग्ने हो ।’