२७ कार्तिक २०८३, शुक्रबार

खुकुरी प्रहार गरी एकको हत्या

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लेकगाउँ (बझाङ), ६ असोज । बझाङमा एक जनाको खुकुरी प्रहार गरी हत्या गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार शुक्रबार साँझ साढे ७ बजे हत्या गरी फरार भएका हुन् । ‘सामान्य विवाद हुँदा बिजुलीले जैलुको घर आँगनमै गएर खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर आएको छ । हामी घटनास्थलमा गइरहेका छौँ’, चौधरीले भने ।

उनका अनुसार आरोपीको खोजी कार्य भइरहेको छ ।