२९ आश्विन २०८३, बिहिबार

अमेरिकाको दबाबपछि फिफा अध्यक्ष ब्लाटरले राजीनामा दिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

blatterलन्डन, २० जेठ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)का अध्यक्ष सेप ब्लाटरले मंगलबार पदबाट राजीनामा दिएका छन् ।

चार दिनअघि पाचौंपल्ट फिफा अध्यक्ष निर्वाचित ब्लाटरले जुरिचमा आयोजित पत्रकार सम्मेलनमा पदत्याग गरेको सार्वजनिक गरेका हुन् ।

फिफाका सात जना वरिष्ठ अधिकारी भ्रष्टाचार आरोपमा पक्राउ परेको ६ दिनपछि ७९ वर्षे ब्लाटरको राजीनामा आएको हो ।

अमेरिकी सुरक्षा एजेन्सी फेडरल ब्युरो अफ इन्भेष्टिगेसन (एफबिआई)ले फिफा अधिकारीहरुलाई ज्युरिकस्थित एक होटलबाट पक्राउ गरेको थियो ।

चार दिनअघि भएको निर्वाचनमा पहिलो चरणमो मतदानमा पराजित भएपछि ब्लाटरका प्रतिष्पर्धी जोर्डनी राजकुमार अली बिन अल हुसेनले उम्मेदवारी त्यागेका थिए ।

‘मेरा निम्ति फुटबल र फिफा नै जीवन हो,’ राजनीनामा घोषण गर्दै व्लाटरले भने,‘नयाँ अध्यक्ष निर्वाचनका लागि सकेसम्म छिटो फिफाको विशेष कंग्रेस बस्नेछ ।’