काठमाडौं, २० जेठ । राजधानीलगायत देशका मुख्य सहरमा अग्ला भवनमाथि राखिएका बेस ट्रान्ससिभर स्टेसन (बीटीएस) ले यतिबेला घरधनीहरुलाई त्रास थपेका छन् ।
वैशाख १२ को विनासकारी भूकम्प र त्यसयताका पराकम्पपछि अग्ला भवनका छतमा राखिएका टावरबाटै घरधनीले असुरक्षित महसुस गरेका हुन् ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणमा टावर हटाइदिन आग्रह गर्दै निवेदन दिनेको संख्या बढ्दो कारोवार दैनिकले छापेको छ ।
प्राधिकरणले पनि नेपाल इन्जिनियर्स एसोसिएसनसँगको सहकार्यमा जोखिमपूर्ण टावर अध्ययन गरी हटाउने कार्य अगाडि बढाएको छ ।















प्रतिक्रिया