
काठमाडौं, ५ असोज । माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स)को अध्यक्ष नियुक्त भएका छन् ।
नवनियुक्त अध्यक्ष न्यौपानेले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनासमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
विगत १९ वर्षदेखि माछापुच्छ्रे बैंकमा आवद्ध भई हाल उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।













प्रतिक्रिया