
काठमाडौं, ५ असोज । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकहरूसँगको वार्तालाई आजै टुंगोमा पुर्याउन सरकारी वार्ता टोलीलाई निर्देशन दिएका छन् ।
रक्षा मन्त्रालयमा आज बिहान सरकारी वार्ता टोली संयोजक उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन मन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार मन्त्री रेखा शर्मा , मुख्यसचिव बैकुण्ठ अर्याल र विभागीय सचिवहरुसंग छलफल गर्दै खड्काले आजै वार्ता टुंग्याउन निर्देशन दिएका हुन् ।















प्रतिक्रिया