काठमाडौं, २० जेठ । जिल्ला अदालत, काठमाडौंले अपहरण मुद्दामा पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई साढे तीन वर्ष मात्र जेल सजाय सुनाएको प्रति सरकारी वकिलको कार्यालयले आश्चर्य प्रकट गरेको छ ।
१७ वर्ष जेल सजाय माग गरिएको सरकारवादी मुद्दामा आइतबार न्यायाधीश कुलप्रसाद शर्माको बेन्चले यस्तो फैसला गरेको नागरिक दैनिकले छापेको छ ।
गुप्ताका सहयोगी आकाश लामा र जितबहादुर लामालाई पनि साढे दुई वर्ष मात्र जेल सजाय तोकियो भने अरु सहयोगी अमिर आचार्य, किशोर पाण्डे र आरजु सुब्बा भनिने विष्णु लक्ष्मणलाई आरोपबाट मुक्ति दिइयो ।
उक्त फैसलाअनुसार गुप्ता दुई महिनापछि जेलमुक्त हुनेछन् ।
व्यवसायी पवन संघाइको अपहरण र बन्धक मुद्धामा गुप्तालाई साढे तीन वर्ष मात्र जेल सजाय तोक्ने फैसला भएको हो ।















प्रतिक्रिया