२७ कार्तिक २०८३, शुक्रबार

राष्ट्रिय युवा संघ सुदूरपश्चिमको अध्यक्षमा अरुण कुँवर सर्वसम्मत निर्वाचित

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको सुदूरपश्चिम प्रदेशको अध्यक्षमा अरुण कुँवर सर्वसम्मत निर्वाचित भएका छन् ।

बिहीबार डोटीमा सम्पन्न युवा संघको प्रदेश अधिवेशनले कैलालीका कुँवरलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

यसैगरी, कमिटीको उपाध्यक्षमा अछामका बमबहादुर शाही, सचिवमा कैलालीका प्रकाश खड्का, सह-सचिवमा बाजुराका रामबहादुर रोकाया र डोटीका दिपेन्द्र खड्का, कोषाध्यक्षमा कञ्चनपुरका खगेन्द्र नाथ सर्वसम्मत निर्वाचित भएका छन् ।