३ कार्तिक २०८३, मंगलबार

मधेस केन्द्रित दलहरू राष्ट्रिय सरकारका लागि बाधक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi-Morchaकाठमाडौं, २० जेठ । सत्तारुढ कांग्रेस र एमालेसहित प्रमुख प्रतिपक्षी एमाओवादीसमेतले राष्ट्रिय सहमतिको सरकार गठनसहित संविधान र भूकम्पपछिको पूनर्निमाणका लागि सैद्धान्तिक सहमति जनाउँदै गर्दा विपक्षी गठबन्धनभित्रका मधेसी दलहरु यसको विपक्षमा उभिएका छन् ।

फोरम लोकतान्त्रिकबाहेकका मधेसी दलहरुले संविधानका अन्तर्वस्तुमा सहमति नभई राष्ट्रिय सहमतिको सरकार गठन हुनु असान्दर्भिक हुने तर्क गर्दै आफूहरु यसमा सहभागी नहुने बताएको कान्तिपुर दैनिकले छापेको छ ।

सोमबार बिहान एमाओवादीसहितको सात दलीय गणतान्त्रिक मोर्चामा संयोजक पुष्पकमल दाहालले राष्ट्रिय सरकार बनेमात्रै संविधान निर्माण र पुनर्निमार्णको कामले पूर्णता पाउने भन्दै आफूले यसका लागि गरेको प्रयासमा ढुक्क हुन मधेसी दलहरुसहित अरु पार्टीसग आग्रह गरेका थिए ।

तर संविधानका विषयमा वैशाख १२ अघिसम्म जारी मतभेद अन्त्य नगरी सत्तारूढ दलहरूको लहैलहैमा विपक्षी लाग्न नहुने भन्दै ती दलले एमाओवादीलाई सचेत गराएको बैठकमा सहभागी तमलोपाका एक नेताले बताए ।