२७ कार्तिक २०८३, शुक्रबार

नेकपा एस र माओवादी त्यागेर एमाले प्रवेश गरे मधेशका यी नेताहरु

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)का मधेश प्रदेशका नेताहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

बुधबार एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै उनीहरु एमाले प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेहरुमा समाजवादीका मधेश प्रदेश सदस्य कृष्ण खनाल, जिल्ला सदस्य मोटाई चौधरी, हरि जमरकट्टेल, मनोज राम, रोशन सुवेदी रहेका छन् ।

यसैगरी, माओवादीका सिमरा उपमहानगरपालिका उपाध्यक्ष कथामुदिन मेन्जुरी, प्रदेश युवा अध्यक्ष बाबु बाबुद्धिन मन्जुरी, मोतिलाल पासवान, अमीरमिया मन्जुरी र असलम हुसेन एमाले प्रवेश गरेका छन् । उनीहरुलाई एमाले अध्यक्ष ओलीले टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।