२७ कार्तिक २०८३, शुक्रबार

काभ्रेको मण्डनदेउपुरमा आज ‘थकाइ’ विदा

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले आज नगरपालिका क्षेत्र भित्र विदा दिएको छ ।

नगरपालिका पुरानो कार्यालयबाट नयाँ भवनमा सार्दा र संविधान दिवस मनाउँदा कर्मचारी, जनप्रतिनिधिलाई थकाइ लागेको भन्दै बिहीबार (आज)का लागि विदा दिइएको नगरपालिकाले एक सूचना जारी गर्दै जनाएको छ ।

‘संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा प्रवाह शुभारम्भ भएको हर्षोल्लासको उपलक्ष्यमा तथा सो क्रममा विगत तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने कार्यमा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएका कारण २०८०/०६/०४ गतेका दिन नगरपालिकाको कार्यालय, यस अन्तर्गतका कार्यालयहरु, विद्यालयलगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थाहरुलाई विदा गरिएको व्यहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।