७ कार्तिक २०८३, शनिबार

नारायण चौरमा दिपावली गर्दै ओलीले भने- लोकतन्त्रको दियो ननिभ्ने गरी, नझुक्नेगरी दिपावली गरेका छौं

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको दियो ननिभ्ने गरी, कहिल्यै नझुक्नेगरी दिपावली गरेको बताएका छन् ।

काठमाडौंको नक्सालस्थित नारायण चौरमा संविधान दिवसको अवसरमा बुधबार साँझ दिपावली गर्दै अध्यक्ष ओलीले संविधान दिवसलाई अर्को वर्षदेखि अझ ब्यापक र भव्य ढंगले जनताको घर घरमा मनाउने बताएका हुन् ।

उनले नारायण चौरस्थित नन्दीकेशरबगैंचालाई राष्ट्रिय एकता र उज्यालो नेपालको प्रतिकको रुपमा विकास गर्न चाहेको बताए ।

‘लोकतन्त्रको दियो ननिभ्ने गरी, कहिल्यै नझुक्नेगरी दिपावली गरेका छौं, यस बगैंचालाई राष्ट्रिय एकता र उज्याले नेपवालको प्रतिकको रुपमा विकास गर्न चाहान्छौं । अर्को वर्षदेखि यो दिवस अझ ब्यापक र भव्य ढंगले जनताको घर घरमा मनाउनेछौं,’ ओलीले भने ।

ओलीले साँझ सात बजे रिमोट थिचेर दिपावली र पुष्प वर्षा गर्नुका साथै जंगी निशानको गीत बजाएका थिए ।