७ कार्तिक २०८३, शनिबार

देउवालाई भेटेर शेखरले भने- अब तपाईँसँग कुनै छलफल हुँदैन, आफ्नो ढंगले अघि बढ्छु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर काँग्रेस नेता शेखर कोइरालाले असन्तुष्टि जनाएका छन् । बुधबार सभापति देउवाको निवास धुम्बाराही पुगेर शेखरले देउवाको कार्यशैलीप्रति चर्को असन्तुष्टि व्यक्त गरेका हुन् ।

कोइरालाले देउवालाई कार्यशैली सच्चाउन दबाब दिँदै आगामी दिनमा देउवासँग कुनै संवाद नगरी आफ्नै ढंगले अगाडि बढ्ने चेतावनी दिएका छन् ।

‘अब या त तपाईं यस्ता कुरा सच्याएर अघि बढ्नुस्। होइन भने तपाईं आफ्नो ढंगले अघि बढ्नुस्, म आफ्नो तरिकाले अघि बढ्छु। अबदेखि तपाईंसँग कुनै किसिमको संवाद र भेटघाटका लागि म आउँदिन। म आफ्नो ढंगले अब अघि बढ्छु,’ उनले देउवालाई भने ।

कोइरालाले देउवासँग कांग्रेसका भ्रातृसंगठन लथालिंग बनाएको, समिति मनोनयनमा पनि विधान र मापदण्ड केही पनि पालना नगरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

नले कोशी प्रदेशमा देखिएको समस्यामा काँग्रेस चुप बसेकामा पनि असन्तुष्टि जनाए ।

कोशी प्रदेशको समस्या त्यति गम्भीर तहमा पुगिसक्दा पनि कांग्रेसको भूमिका के होरु कहीँ कतै देखिँदैन । संघीय संसद्‍को संसदीय समितिको नेतृत्व चयनमा पनि छलफल हुँदैन। प्रदेश सरकारमा पठाउने सांसदबारे कुरै भएको छैन।’ उनले भने ‘राष्ट्रिय राजनीति यति लथालिङ्ग हुँदा पनि, देश हरेक हिसाबमा ध्वस्त हुन लाग्दा सबैभन्दा ठूलो दल कांग्रेस चुपचाप छ । देश कूटनीतिक रुपमा असफल हुन लाग्दा पनि तपाईंले पार्टीभित्र कुनै छलफल गर्नु भएन।’