२७ कार्तिक २०८३, शुक्रबार

नारायणचौरमा भव्य कार्यक्रम गर्दै एमालेले मनायो संविधान दिवस

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । नेकपा (एमाले)ले आज बुधबार संविधान दिवसको अवसरमा काठमाडौंको नारायणचौरमा विशेष कार्यक्रम गरेर संविधान दिवस मनाएको छ ।

बिहान ७ बजे नारायणचौरमा भएको विशेष कार्यक्रममा सहभागीहरुले राष्ट्रिय झण्डासँग सेल्फी खिचेका छन् । सोमबार एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रममा सहभागी भइ राष्ट्रिय झण्डासँग सेल्फी खिच्न आह्वान गरेका थिए ।

अध्यक्ष ओलीले असोज ३ गते ‘मर्निङ वाक नेसनल वाक, सेल्फी विथ नेशनल फ्ल्याग’सहित संविधान दिवस मनाउन आग्रह गरेका थिए । सोही अनुरुप बुधबार बिहानैदेखि नारायण चौरमा सेल्फी खिचाउनेहरुको भिड रहेको थियो । नारायणचौर परिसरमा राष्ट्रिय झण्डाको साथै ठूलो आकारमा नेपालको चुच्चे नक्सा पनि राखिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान दिवसको शुभकामना दिँदै अहिले राष्ट्रिय उपलब्धीहरूलाई समाप्त पार्ने खेल भइरहेको बताए । उनले विभाजनकारी प्रवृत्तिहरू, जनतामा फाटो ल्याउने प्रवृत्तिहरू, राष्ट्रिय एकतालाई खलल पुर्‍याउने प्रवृत्तिहरू देखा पर्न थालेको बताए । उनले यसबाट सचेत र सजग हुनुपर्नेमा जोड दिएका छन् । .

जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज २०७२ मा संविधान जारी भएको थियो ।