
धनगढी, २ असोज । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्वर्गीय उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले नेपाली राजनीतिमा अतुलनीय क्षति भएको बताएका छन् ।
संविधान सभाका अध्यक्ष एवम् पार्टीका उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचनलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले बहुप्रतिभाका धनी नेम्वाङको असामयिक निधनबाट नेपाली राजनीतिमा अतुलनीय क्षति भएको बताएका हुन् ।
नेम्वाङ संविधान सभाको कुशल नेतृत्वकर्ता मात्रै नभएर बहुप्रतिभाका धनी समेत रहेको पौडेलको भनाइ छ । जस्तोसुकै असहज परिस्थितिको सामना सालिनतापूर्वक गर्ने सामर्थ्य राख्ने नेम्वाङ फरक–फरक सिद्धान्तका राजनीतिक दलहरूका बीचमा राष्ट्रिय सहमतिका लागि तयार पार्ने प्रतिभा रहेको उपाध्यक्ष पौडेलले बताए ।
कार्यक्रममा पार्टी सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज छविलाल विश्वकर्मा, मुख्यमन्त्री कमलबहादुर शाह, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, नेपाली काँग्रेसका कार्यबाहक प्रदेश अध्यक्ष लोकराज अवस्थीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।













प्रतिक्रिया