२९ आश्विन २०८३, बिहिबार

सुवास नेम्वाङको योगदानलाई उच्च मूल्याङ्कन गर्नुपर्छ : झललनाथ खनाल (भिडिओ)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेका उपाध्यक्ष एवम् संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको योगदानलाई उच्च मूल्याङ्कन गर्नुपर्ने बताएका छन् ।

नेकपा एमाले केन्द्रीय कमिटीले आज पार्टी कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा उनले नेपालको राजनीतिक विकास, विभिन्न चरणको आन्दोलन र जनताको हकहधिकार स्थापित गर्ने कुरामा उनको उच्च योगदान रहेको भन्दै खनालले नेम्वाङको योगदानको उच्च मूल्याङ्कन गर्नुपर्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले अहिलेको संविधान निर्माण गर्दा भएको असाधारण सहमतिमा स्वर्गीय नेम्वाङको भूमिका सदैव स्मरणीय रहने बताए । तर, अहिले संविधानलाई कार्यान्वयन गर्ने प्रक्रियामा सचेत नदेखिएको र जनतालाई पनि राम्रोसँग बुझाउन नसकिएकोमा भन उनले चिन्ता व्यक्त गरेका छन् ।

नेता खनालले संविधान कार्यान्वयनमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने र संविधान अनुसारको कानुनहरु निर्माण गर्नुपर्नेमा जोड दिए ।