२९ आश्विन २०८३, बिहिबार

एमाले गण्डकीले सार्वजनिक गर्‍यो प्रथम अधिवेशनको लोगो (लोगोसहित)

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २ असोज । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले प्रथम अधिवेशनको लोगो सार्वजनिक गरेको छ ।

यही असोज १५ र १६ गते पोखरामा आयोजना हुने प्रथम ऐतिहासिक अधिवेशनको लोगो आज मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

लोगो सार्वजनिक गर्दै एमाले सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज गोकर्ण बिष्टले अधिवेसनलाई ऐतिहासिक बनाउन भएका तयारीहरूको बारेमा जानकारी दिएका छन् ।

अधिवेशनलाई सभ्य र भव्यरूपले सम्पन्न गर्न विभिन्न उपसमितिमार्फत सशक्त ढंगले तयारी अगाडि बढाइएको प्रचार तथा प्रसार उपसमिति सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए ।

अधिवेशनमा करिब ९०० जना प्रतिनिधि सहभागी हुने र असोज ९ गते प्रतिनिधि चयन हुने जानकारी अध्यक्ष नवराज शर्माले जानकारी दिए । एमाले गण्डकीको प्रथम अधिवेशनमको पार्टी अध्यक्ष केबी शर्मा ओलीले असोज १५ गते अमरसिंह चौरमा उद्घाटन गर्ने कार्यक्रम छ ।