२९ आश्विन २०८३, बिहिबार

एनएमबि बैंकको डिजी स्टेशन सञ्चालनमा, के–के छन् सुविधाहरू ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । एनएमबि बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उद्देश्यले अत्याधुनिक ‘डिजि स्टेशन’को सुरुवात गरेको छ ।

‘डिजि स्टेशन’ ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेशन हो जसमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी, र स्टेटमेन्ट जेनरेट सबै एकै ठाउँबाट स्वचालित प्रणालीमा मानविय सहायता बिना गर्न सकिनेछ ।

‘डिजि स्टेशन’को सुरुवातले ग्राहकहरूलाई बैंकले प्रदान गर्ने बैंकिङ सेवा, सुविधामा वृद्धि हुने विश्वास बैंकले लिएको छ । एनएमबि बैंक आफ्ना ग्राहकहरूको परिवर्तनशील बैंकिङ आवश्यकताहरू पूरा गर्न निरन्तर रूपमा लागिरहेको छ आधुनिक प्रविधिक बैंकिङ सुविधाहरू विकास गर्दै उत्कृष्ट सेवा प्रदान गर्न समर्पित रहेको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बैंकले प्रथम चरणको डिजि स्टेशनको सुरूवात एनएमबि भवन, बबरमहल शाखामा चार वटा मेसिन जडान गरी सञ्चालन गरिएको छ ।

क्यास डिपोजिट मेसिनमा ग्राहकले रू. १ लाख भन्दा कम रकम बैंकको काउन्टर नपुगी आफै खातामा रकमान्तर गर्न सक्ने र डिपोजिटको रसिद पनि सोही मेसिनबाट प्राप्त गर्न सक्ने सुविधा रहेको छ । साथै, चेक डिपोजिट मेसिनमा ग्राहक वर्गले चेक स्टपदेखि नयाँ चेकको आवेदन र क्लियरिङ चेक समेत डिपोजिट गर्ने सुविधा रेहको छ ।

आफ्नो खाताको विवरण र अन्य जानकारी प्राप्त गर्न सकिने सुविधाका साथ डिजि स्टेशनमा एटीएम मेसिनको सुविधा हुँदा ग्राहक वर्गका अधिकांश बैंकिङ अवश्यकताहरू स्वचिलत ढंगले छिटो छरितो माध्यम बाट हुने सुविधा एनएमबि बैंकले ल्याएको जनाएको छ ।

बैंकले हाल देशभरी २०१ शाखाहरू, १४५ एटीएमहरू र १२ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।