
काठमाडौं, १ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असोज ३ गते अर्थात् संविधान दिवसका दिन पार्टीले आयोजना गर्ने विशेष र भव्य कार्यक्रममा सहभागिताका लागि अनुरोध गरेका छन् ।
‘हाम्रो हक संविधानमा लेखिएको दिन, असोज ३’ लाई भव्य बनाउन र जनस्तरबाटै संविधान दिवस मनाउनका लागि नक्सालस्थित नारायणचौरमा पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागिताका लागि उनले अनुरोध गरेका हुन् ।
एमालेले ‘असोज तीन, संविधान दिवसको दिन !’ र ‘सेल्फी विथ नेशनल फ्ल्याग !’को नारासहित आउँदो बुधबार बिहान ७ बजे नारायणचौरमा संविधान दिवस विशेष कार्यक्रम आयोजना गरेको छ ।













प्रतिक्रिया