
काठमाडौं, ३१ भदौ । प्रहरीले काडमाडौंको तीनकुनेको काठ गोदाममा भएको सामूहिक हत्याकाण्डका आरोपी सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसर टेकुले आज आइतबार साँझ पत्रकार सम्मेलन गर्दै सामूहिक हत्याकाण्ड भए पनि सीसीटीभी फुटेजसमेतको सहयोगमा अनुसन्धान गर्दा सञ्जय भण्डारीलाई पक्राउ गरिएको जनाएको बतायो ।
तीनकुनेमा खुकरी प्रहारबाट चार जनाको हत्याको घटनापछि भण्डारी भाग्दै पेप्सीकोला पुगेका थिए । आरोपित सञ्जयले नवीन राईसँको रिसिइबीले चारजनाको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
बोल्न नसक्ने सञ्जयले प्रहरीसामू लेखेर हत्या गरेको स्वीकार गरेका थिए । नवीन राईले चलाएको मोटरसाइकलका विषयमा भण्डारीलाई कुटपिट गरेको र सोही रिसइबीका कारण हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरील जनाएको छ । नवीन राईको हत्या गरेपछि त्यहा रहेका अन्यले प्रहरीलाई बताउने डरले अन्य तीनजनाको पनि हत्या गरेको खुलेको प्रहरी परिसर टेकुका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनले घटनास्थलको सीसीटीभी र कपडाको आधारमा पक्राउ गरेको बताए ।
शनिबार नवीन राईसहित दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।













प्रतिक्रिया