२९ आश्विन २०८३, बिहिबार

सुन तस्करीमा संलग्नलाई सरकारले नै संरक्षण गरेको छ : केपी ओली

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीमा संलग्नलाई सरकारले नै संरक्षण गरेको बताएका छन् ।

आज आइतबार पार्टीको उपभोक्ता हित संरक्षण तथा सुशासन केन्द्रीय विभागले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘बढ्दो महङ्गी र उपभोक्ता हितको सवाल’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भन्सारबाट पटक–पटक सुन तस्करी भएको र सुन तस्करीमा संलग्नलाई सरकारले नै संरक्षण गरेको बताएका हुन् ।

उनले सुन तस्करी प्रकरणमा पक्राउ परेका एक जनालाई सरकारले जानी जानी राजस्वबाट भगाएको पनि बताएका छन् । सुन तस्करीलाई भाग्ने मौका दिएकै कारण गोदाममा छापा मार्दा केही पनि फेला पर्न नसकेको उनको दाबी छ ।

अध्यक्ष ओलीले भन्सारबाट बरामद भएको १०० किलो सुन ६१ किलो र त्यसपछि ६० किलोमा झारेको पनि बताएका छन् ।

मुलुकमा सुशासन कायम हुन नसक्दा कालोबजारी, कृत्रिम मूल्य वृद्धि भएकाले यसलाई गम्भीर रुपमा लिनुपर्ने धारणा उनको थियो ।