
काठमाडौं, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपभोक्ताको हित संरक्षण गर्ने दायित्व सरकारको भएको बताएका छन् ।
आज आइतबार पार्टीको उपभोक्ता हित संरक्षण तथा सुशासन केन्द्रीय विभागले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘बढ्दो महङ्गी र उपभोक्ता हितको सवाल’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले सरकारमा हुँदा उपभोक्ताको हित संरक्षण गर्ने र सत्ताबाहिर हुँदा सरकारलाई सचेत गराउँदै आएको बताए ।
मानवजातीले जहिले पनि सुख चाहाने र त्यसको प्रमुख आधार आर्थिक पक्ष भएकाले त्यसलाई सरकारले सवल बनाउनुपर्ने धारणा उनले व्यक्त गरे । यसका साथै शान्तिसुरक्षा र सुशासनलगायत पक्षमा पनि सरकार सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने अध्यक्ष ओलीको भनाइ छ ।
मुलुकमा सुशासन कायम हुन नसक्दा कालोबजारी, कृत्रिम मूल्य वृद्धि भएकाले यसलाई गम्भीर रुपमा लिनुपर्ने धारणा उनको थियो ।













प्रतिक्रिया