
काठमाडौं, ३१ भदौ । श्रीलंकामा जारी एसिया कप–२०२३ को फाइनल खेलमा भारतले श्रीलंकालाई १५.२ ओभरमै अलआउट गरेको छ ।
निर्धारित ५० ओभरको खेलमा श्रीलंकाले भारतविरुद्ध ५० रन मात्रै बनाउन सक्यो । यो सँगै भारतका लागि जम्मा ५१ रनको विजय लक्ष्य दिएको छ ।
कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमा अल आउट भयो । श्रीलंकाका कुशल मेन्डिसले ३४ बलमा ३ चौकासहित सर्वाधिक १७ रन बनाए । दुनिथ वेलालागे २१ बलमा ८ रनमा आउट भए । श्रीलंकाको यो ओडिआईको दोस्रो कम योगफल हो ।
श्रीलंका यसअघि २०१२ मा दक्षिण अफ्रिकासँग ४३ रनमा अल आउट भएको थियो । ओडिआईमा सर्वाधिक कम योगफलमा जिम्बावे र अमेरिका समान ३५ रनमा अल आउट भएका छन् । जिम्बावे २००४ मा श्रीलंका र अमेरिका २०२० मा नेपालसँग समान ३५ रनमा अल आउट भएका थिए ।
एक समय ५.४ ओभरमा १२-६ को दयनीय अवस्थामा पुगेको श्रीलंकालाई सातौं विकेटका लागि दुनिथ वेलालागे र कुशल मेन्डिसले २३ रनो साझेदारी गरेका थिए । कुशल मोहम्मद शिराजकै १२ औं ओभरको दोस्रो बलमा बोल्ड आउट भए । शिराजले ब्यक्तिगत छैटौं विकेट पूरा गरेका थिए ।















प्रतिक्रिया