
मकवानपुर, ३१ भदौ । बागमती प्रदेशको राजधानी हेटौंडामा ठूलो परिणाममा लागु औषध गााँजासहित दुईजना भारतीय पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीको हेटौंडा औधोगिक क्षेत्रको टोलीले आज बिहान एन एल ०१ एसी २१४४ नम्बरको भारतीय ट्रक जाँचको क्रममा ९ सय १९ किलो गाँजा सहित दुईजना भारतीयलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत बलरामपुर विर्तापुर निवासी चालक करिब ४५ वर्षका दुलारे यादव र सहचालक योगेश बर्मा रहेको शसस्त्र प्रहरीका एसपी अनिल कार्कीले बताए ।
ट्रकको भित्री भागमा फल्स बटन बनाएर गाँजा राखि पुनः वेल्डीङ गरेर लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद गरिएको एसपी कार्कीले बताए ।
भारतबाट मकै लिएर चितवनमा अनलोड गरी चितवनको खुरखुरेबाट गाँजा लोड गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी कार्कीको भनाइ रहेको छ ।
बरामद भएको गाँजा नेपाल प्रहरीलाई ह्याण्डओभर गर्ने प्रक्रिया थालिएको र थप अनुसन्धानको प्रकिया अघि बढाइएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया