२९ आश्विन २०८३, बिहिबार

तीनकुनेमा चार जनाको वीभत्स हत्या : थप एक जना पक्राउ

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । काठमाडौंको तीनकुनेमा शुक्रबार राति भएको सामूहिक हत्यामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन । घटनाका क्रममा सीसीटीभी फुटेजमा देखिएका एक जना पुरुषलाई पक्राउ गरिएको बताइएको छ ।

घटनालगत्तै जानकारी दिन प्रहरी कार्यालय पुगेका व्यक्तिलाई पनि नियन्त्रणमा लिएर प्रहरीले सो घटनाको अनुसन्धान गरिरहेको छ ।

तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राई शुक्रबार राति आफैं प्रहरी वृत्त बानेश्वर पुगेर घटनाबारे जानकारी दिएका थिए । शरीरमा रगत लागेको अवस्थामा प्रहरी कार्यालय पुगेका उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको हो ।