
काठमाडौं, ३१ भदौ । नेकपा एमालेका सांसद योगेश भट्टराईले अनाधिकृत रुपले ५० देखि ४५० केजीसम्मका एलपी ग्यास बिक्रिबितरण भइरहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
आज आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समिति बैठकमा भट्टराईले सम्बन्धीत मन्त्रालय र आयल निगमसँग अनुमति नलिई केही कम्पनीहरुले बढी तौलका खाना पकाउने ग्यास बिक्रीबितरण गरिरहेको र यसले जोखिम उत्पन्न हुने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।
खाना पकाउने ग्यास १४ दशमलव २ किलो हुनुपर्ने मापदण्ड रहेकोमा बढी तौलको ग्यास बित्रीबितरणको विषयमा सरोकारवाला निकायसँग समितिले छलफल गर्नुपर्ने उनको भनाइ छ ।
बढी तौलका ग्यास सिलिण्डरमा गुणस्तर चिह्न नभएको र १४ दशमलव २ किलोको सिलिण्डरको थिकनेस र ५० देखि ४५० केजीसम्मका ग्यास सिलिण्डरको थिकनेस एउटै रहेको भन्दै उनले यसले ठूलो दुर्घटना निम्त्याउन सक्ने धारणा व्यक्त गरे ।
उनले ग्यासका कारण हुने दुर्घटनाको क्षतिपूर्ति पनि प्रभावकारी हुन नसकेको बताएका छन् ।













प्रतिक्रिया