२९ आश्विन २०८३, बिहिबार

कांग्रेस र एमाले मिलेर सरकार बनाउने हल्लाबारे के भन्छन् विमलेन्द्र निधि ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, ३१ भदौ । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने कुरा हल्ला मात्र भएको बताएका छन् ।

जनकपुरधाममा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले गठबन्धनको सरकार पाँच वर्ष चल्नेमा कुनै शङ्का नरहेको बताए । अहिलेको गठबन्धनको सरकार पाँच वर्ष चल्ने उनको भनाइ छ ।

वर्तमान गठबन्धनमा हेरफेरको कुनै सम्भावना नरहेको स्पष्ट गर्दे उनले राजनीतिक स्थायित्वका लागि पनि अहिलेको सरकार पाँच वर्ष चल्नुपर्नेमा जोड दिए । राजनीतिक प्रक्रियामा दलहरू जुट्नु, फुट्नु, मोर्चा बनाउनुलगायत कुरा सामान्य भएको उनको तर्क छ ।