
काठमाडौं, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघीय महासभामा नेपालको शान्तिप्रक्रिया टुङ्ग्याउनका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्ने बताएका छन् ।
आज शनिबार पार्टी कार्यालय पेरिसडाडामा आयोजित पोष्टबहादुर बोगटीको नवौा स्मृति कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियालाई टुङ्ग्याएर सफल उदाहरण प्रस्तुत गर्नुपर्ने भन्दै यसका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्ने बताएका हुन् ।
त्यस्तै, जलवायु परिवर्तनले नेपाल जस्तो पर्वतीय मुलुकमा पारेको असरप्रति पनि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइने उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणका क्रममा दुई पक्षीय हितलगायत भौतिक पूर्वाधार, ऊर्जा क्षेत्र नयाँ नाका खोल्ने, कृषि क्षेत्र र व्यापार घाटाका विषयमा छलफल हुने र केही विषयमा सहमति र समझदारी बन्ने जिकिर गरे । आफ्नो भ्रमण राष्ट्रिय हितलाई केन्द्रमा राख्नेगरी नै हुने उनको भनाइ छ ।
त्यस्तै, प्रचण्डले आफूले सरकारको नेतृत्व गरिरहँदा सुशासन समृद्धिलगायतमा नयाँ फड्को हान्नका लागि तयारी गरिरहेको पनि बताएका छन् ।
हेर्नुहोस् भिडिओ–













प्रतिक्रिया