
पोखरा, ३० भदौ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले आफ्नो पहिलो अधिवेशनमा ५० हजार कार्यकर्ता पोखरामा उतार्ने भएको छ ।
आगामी असोज १५ र १६ गते पोखरामा आयोजना हुने अधिवेशनको तयारीका सन्दर्भमा जन परिचालन उपसमितिको बैठकले अत्यधिक कार्यकर्ता उतार्ने निर्णय गरेको हो ।
अधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्ने गण्डकी प्रदेशका उपसचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख रश्मी आचार्यले जानकारी दिए ।
यस्तै, पार्टी स्थायी कमिटी सदस्य खगराज अधिकारीले अधिवेशन भव्य बनाउन सम्पूर्ण जन संगठनसहित पार्टी पंक्ति प्रभावकारी ढङ्गले लागि पर्न आग्रह गरेका छन् ।
पार्टी स्थायी कमिटी सदस्य थममाया थापाको अध्यक्षतामा सप्पन्न उपसमितिको बैठकले असोज १५ गते हुने उद्घाटन समारोहमा ५० हजार जना कार्यकर्ताको उपस्थिति गराउने तयारीका लागि पालिका, बडा, टोल र जनसंगठनका बैठकको मिति तय गर्नेदेखि घरदैलोसम्मको योजना बनाएको पार्टी प्रदेश प्रचार तथा प्रकाशन विभाग सदस्य रामजी प्रसादले जानकारी दिए ।














प्रतिक्रिया